वासिंगटन, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्टविरुद्ध चुनावमा भएको भनिएको रूसी हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मुलरले अभियोग दर्ता गराएका छन् अभियोगमा मानाफोर्टले गोप्य रूपमा रूस समर्थक युक्रेनी सरकारको पक्षमा वकालत गर्ने वरिष्ठ युरोपेली नेताहरूलाई घुस दिएको आरोप लगाइएको छ । मानाफोर्टले ती पूर्व राजनीतिज्ञलाई २५ लाख डलर दिएको अभियोगपत्रमा उल्लेख गरिएको छ यद्यपि मानाफोर्टले मुलरको छानबिनमा आफूलाई निर्दोष भएको बताएका थिए । ट्रम्पको चुनावी अभियानका अर्का पूर्व सहव्यवस्थापक रिक गेट्सले रूसी प्रभावबारे जाँच गरिरहेका अनुसन्धानकर्ताहरूसँग सम्झौता गरेका छन् उनले अमेरिकी संघीय जाँच ब्युरो एफबीआई समक्ष झुटो बोलेको स्वीकार गर्दै षड्यन्त्रकारी गतिविधि गरेकोमा आफू दोषी रहेको बताए मुलरले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रूसी हस्तक्षेप भएको दाबीमाथि अनुसन्धान गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया