सुरक्षा परिषद : सिरियामा युद्धविराम गर्ने सहमति

न्युयोर्क, १३ फागुन । सिरियामा लामो समयदेखि जारी युद्ध रोक्ने उद्देश्यले ३० दिन युद्धविराम गर्ने सहमति बनेको छ सुरक्षा परिषदको बैठकमा ३० दिनको युद्धविरामको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । सुरक्षा परिषदका सबै १५ सदस्यले प्रभावित इलाकामा सहायता पुर्‍याउन र स्वास्थ्य सुविधा उपलब्ध गराउन सहमत भएका छन् यसै साताको सुरुमा सिरियाली सरकारी सेनाले दमास्कस नजिकै विद्रोहीको कब्जामा रहेको पूर्वी गुटामा बमबारी गर्दा ५ सय भन्दा बढीको मृत्यु भएको बताइएको छ रुसको समेत संलग्नता रहेको भनिएको यो कारबाही रोक्नका लागि युद्धविरामको सहमति भएको हो । यद्यपि सुरक्षा परिषदमा युद्धविरामको सहमति बनिरहँदा पनि बमबारी रोकिएको छैन यसअघि युद्धविरामको प्रस्तावमा सुरक्षा परिषदका सदस्यहरुबीच नै खिचातानीको अवस्था थियो । बिहीबार पेश गरिएको प्रस्तावमा रुसले असहमति जनाएपछि संशोधन गरिएको थियो राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निकी हेलीले युद्धविराम तत्काल लागू हुनुपर्ने बताएकी छन् । यद्यपि उनले सिरियामा युद्धविराम लागु हुनेमा शंका व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?