दुई वर्षअघि क्यान्सरका कारण आफ्नो छोरा गुमाएकी एक आमाले आफ्नै कोशिसले जुम्ल्याहा नाती प्राप्त गरेकी छन् भारतको पुणेकी ४९ वर्षीया शिक्षिका राजश्री पालिलले एक सरोगेट आमाको सहयोगमा आफ्नो अविबाहित छोरा प्रथमेशका जुम्ल्याहा बच्चा जन्माएकी हुन् यो कुनै चमत्कार नभएर विज्ञानको विकासका कारण सम्भव भएको हो, जसले एक आमाको आँखामा आँशु रोकेर मुस्कान ल्याइदिएको छ । प्रथमेशका जुम्ल्याहा बच्चा उनको मृत्युहुनुअघि सुरक्षित गरिएको वीर्यबाट जन्मिएका हुन् पुणेको सिंघड कलेजमा पढेर थप अध्ययनका लागि राजश्रीका छोरा प्रथमेश सन् २०१० मा जर्मनी गएका थिए सन् २०१३ मा उनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो र खतरनाक स्तरमा पुग्यो । सोही क्रममा उनको वीर्य संरक्षित गरिएको थियो । सोही वीर्यको प्रयोग गरेर एक ३५ वर्षीय सरोगेट आमाले एक छोरी र एक छोरालाई जन्म दिएकी हुन् राजश्री पाटिलले भनिन्, ‘मलाई मेरो प्रथमेश फिर्ता पाएजस्तै भयो । म मेरो छोरो पढाईमा धेरै तेज थियो र जर्मनीबाट इन्जिनियरिङमा मास्टर डिग्री गरिरहेको थियो । सोही क्रममा चौथो स्टेजको क्यान्सर भएको पत्ता लाग्यो । डाक्टरले प्रथमेशलाई किमोथेरापीबाट उपचार सुरु गर्नुअघि वीर्य संरक्षण गरेर राख्न भएका थिए ।’प्रथमेशले आफ्नी आमा र बहिनीलाई आफ्नो मृत्युपछि वीर्यको नमुनाको प्रयोग गर्न भनेका थिए । राजश्रीेलाई त्यतिबेला पनि यसको सहायताले बच्चा जन्मन सक्छ भन्ने लागिरहेको थिएन मृत छोराको संरक्षित वीर्यलाई एक गैरपारवारिक दाताको अन्डाणुसँग मेल गराएर एक नातेदारकै गर्भमा राखिएको थियो । २७ वर्षीय जवान छोराको संरक्षित वीर्यको प्रयोग राजश्रीले एक सरोगेट आमाबाट दुई नाति नातिनी पाएकी हुन् उनीहरु १२ जनवरीमा जन्मिएका हुन् । हजुरआमा बनेकी राजश्रीले बच्चाहरुलाई भगवानको आशिर्वाद भएको बताउँदै नातिको नाम छोरा प्रथमेश र नातिनीको नाम प्रीशा राखेकी छन् आफ्नो छोरा ‘फिर्ता पाउनका लागि’ राजश्री जर्मनीसम्म पुगिन् । उनले जर्मनीमा गएर छोराको वीर्य प्राप्त गर्नका लागि सबै औपचारिकता पूरा गरिन् र फिर्ता आएर पुणेको सह्याद्रि अस्पतालमा आईबीएफको सहयोग लिइन् अस्पतालकी आईभीएफ विशेषज्ञ डा.सुप्रिया पुराणिक भन्छिन्, ‘आईभीएफ हाम्रा लागि दैनिकी जस्तै हो । तर यो घटना अनौठो थियो यसमा यस्ती आमाको भावना जोडिएको थियो, जो कुनै पनि मूल्यमा आफ्नो छोरालाई फिर्ता पाउन चाहन्थिन् । पूरै गर्भावस्थाको समयमा राजश्रीको भूमिका धेरै सकारात्मक रह्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया