काठमााडौं । यतिबेला कलाकार तथा निर्देशक दीपा श्री निरौला राजेश हमालको विषयमा आफ्नो धारणा प्रश्तुत गरेका कारण विवादीत बनेकी छन्।
दिपाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै ‘हमालको महानायक पदावधी’ माथि प्रश्न गरेपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले आफूले त्यसो भन्न नखोजेको भन्दै माफी पनि मागिसकेकी छन् ।
दर्शकले हमालले यस विषयमा बोलेपछि मात्रै विवाद अन्त भएर जाने माग गर्दै आएका दर्शकले दीपाश्रीका
चर्को आलोचना गर्न थालेपछि मंगलवार मध्यरातमा महानायक हमाल फेसबुक लाइभमा आएर सम्बन्धित व्यक्तिलाई माफी दिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकको लाइभमा हमालले आफूलाई लक्षित गरेर दिपाश्री निरौलाले व्यक्त गरेका कुरालाई लिएर तीन हप्तादेखिको बहस अन्त्य गरेको बताएका छन् । दिपाले भनेका कुरालाई आफूले नजरअन्दाज गरेको बताउँदै उनले दर्शकलाई पनि संयम बन्नका लागि आग्रह गरेका हुन् ।
उनले आफ्नो महानायक सम्मानको विषयमा भएको विवाद र नकारात्मक बहसले दुःखसमेत लागेको बताएका छन् । उनले भनेका छन्, ‘व्यक्तिगत तहबाट कुरा गर्ने हो भने मलाई साह्रै दुःख लागेको छ । खासगरी आफू आवद्ध कला तथा सिने क्षेत्रमा भएको वादविवाद, आरोप–प्रत्यारोपप्रति उत्रिनु लज्जास्पद कुरा हो ।’
फराकिलो हृदय बनाएर दीपाश्रीप्रति मानवता देखाइदिन दर्शकलाई आग्रह गर्दै हमालले भने, ‘कसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गरौँ ।’ फेसबुक लाइभको समयसम्म हमालले दीपाश्रीको नाम एकपटक पनि लिएका छैनन् ।
उनले दिपालाई इंगित गर्दै शुरुमा उनले ‘मेरा सहकर्मी’ भनेका छन् भने अन्तिममा ‘सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला’ भनेका छन् । सांकेतिक प्रतिक्रियाबाटै हमालले दिपाश्रीप्रति लक्षित गर्दै आफ्ना दर्शकलाई क्षमा दिन आग्रह गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया