होलीमा इच्छा विपरीत लोला हाने प्रहरी फन्दामा

काठमाडौं, १३ फागुन । महानगरीय प्रहरी परिसर, काठमाडौंले होलीमा इच्छा विपरीत लोला हान्ने र रंग लगाउनेलाई कारबाही गर्ने बताएको छ आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले इच्छा विपरीत लोला नहाल्न र रंग नदल्न आग्रह गर्दै यदी त्यसो गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको छ होलीमा हुने उच्छृङ्खल क्रियाकलाप रोक्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए होलीमा काठमाडौंका १ भन्दा बढी स्थानमा विशेष टोली परिचालन गरिनेछ भने २० वटा मोवाइल टोली खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?