काठमाडौं । दृढईच्छा गरेपछि सबै कुरा प्राप्त हुन्छ भन्ने कुराको प्रमाण एक ५० वर्षीया वृद्धाले १२ कक्षा पास गरेको यो समाचारबाट पनि सहजै अनुमान लगाउन सकिन्छ ।
भारतको मेघालयस्थित एक गाउँमा बस्ने ५० वर्षीया एक महिला १२ कक्षाको परीक्षामा उत्तिर्ण भएकी छन् ।
उनी परीक्षामा उत्तिर्ण भएसँगै सामाजिक सञ्जालमा उनलाई बधाईको ओहिरो लाग्न थालेको छ ।
उक्त महिला भन्छिन्, ‘मलाई गणित आउँदैन थियो, त्यसैले पहिला स्कूल छोडेकी थिएँ, तर सन् २००८ मा मैले प्रि स्कूलमा टिचिङ गरेँ, र त्यहाँबाट नै मेरो जीवनको एउटा नयाँ यात्रा शुरु भयो ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया