काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति शुक्रवार सार्वजनिक हुने भएको छ ।
आज दिउँसो ३ बजे केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ । पहिलेका वर्षहरुमा सबै सञ्चार माध्यमहरुलाई बोलाएर गर्ने गरिएकोमा यो वर्ष कोरोनाको कारण नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।
गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गर्दैछन् । कोरोना महामहारीले अर्थतन्त्रमा आएको शिथिलतालाई पुर्नजागृत गर्नेगरी मौद्रिक नीति आउने अपेक्षामा निजी क्षेत्र रहेको छ ।
त्यस्तै मौद्रिक नीतिले सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक तथा कर्जा व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकलाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया