मौद्रिक नीति अपेक्षा गरे अनुरुप, बैंकको नाफा घट्दैन : ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । नेपाल बैंकर संघका पूर्व अध्यक्ष एंव नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुगांनाले चालु आर्थिक वर्षको मौद्रिक नीति अपेक्षा अनुरुपकै आएको बताएका छन् ।

विगत लामो समयदेखि कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायीहरुले बैकरहरुले माग गरे अनुसारका विषयहरु समेटेकाले समष्टिगत रुपमा अपेक्षित नीति आएको लोकपथसँगको कुराकानीमा बताए ।

कोभिडको सम्पूर्ण नोक्सानी कुनैपनि मौद्रिक नीतिले सम्बोधन गर्न सक्दैन्, मौद्रिक नीतिले कोभिड १९ को असर रहेसम्म डिजिटल कारोबारमा सेवा शुल्क नलिने भनिएको छ । यसबाट बैंकहरुको आम्दानी केही कम हुनसक्छ ।

तर, कर्जाको गुणस्तर कायम गर्ने, साँवा ब्याज तिर्ने कुरा र लोनलस प्रोभिजनको लागि प्रशस्त समय दिएको छ ।

यसकारण बैंकको समग्र नाफामा कमी आउँदैन, तर नगद लाभांश बाड्ने कुरामा केहि अंकुश लगाएको छ । समग्रमा मौद्रिक नीति राम्रो रहेको ढुंगानाले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?