बहिनी बचाउन कुकुरसँग लडे यी बालक, लगाउनु पर्यो ९० वटा टाँका

काठमाडौं । भाई र बहिनीको सम्बन्ध संसारमा सबैभन्दा पवित्र र सबैभन्दा बलियो सम्बन्ध हुन्छ। बाहिर जति नै द्वद्व भए पनि भित्र मायाँ भने एक अर्काको रक्षा गर्नुपर्ने बेला देखिन्छ । एउटा यस्तै घटना अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

उक्त समाचार हो एक ६ वर्षीय बालकको जसको नाम हो ब्रिजर वाकर । वास्तवमा, अमेरिकाको वायोमिंगमा बस्ने ब्रिजर वाकरले आफ्नो ४ वर्षीया बहिनीलाई कुकुरसँग लडेर बचाएका छन् । उनले बहिनी बचाउने क्रममा आफ्नो ज्यान नै दाउमा राखेका छन् ।

ब्रिजर वाकरकी काकी निक्की वाकरले यस बहादुर बच्चाको पूर्ण कथा उनको इन्स्टाग्राम खातामा शेयर गरेकी छन्। उनले ब्रिजरको तस्वीर शेयर गरेर एक दाइले बहीनीलाई आफ्नो ज्यानको जोखिम मोलेर बचाएको बताएकी छन् ।

कुकुरले ब्रिजरको अनुहारमा नराम्ररी चिथोरेको छ । जसका कारण उनको अनुहारमा ९० वटा टाँका लगाउनुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले जति नै दुख सहे पनि बहीनीलाई भने कुकुरबाट जोगाउन सफल भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?