आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै

लोकपथ संवाददाता
0
Shares
u7fdªun kj{ dgfpFb} k|To]s >fj0f s[i0f rt'{bzLsf lbg g]jf/ ;d’bfodf dgfOg] 306fs0f{ cyf{t u7fdªun kj{ laxLaf/ eQmk’/df dgfpFb} . g]jf/ ;d’bfon] k/fk”j{sfnb]lv u7fdªun gfd u/]sf] g/eIfL /fIf; dfl/Psf] ;Demgf:j¿k 6f]n6f]naf6 xl/of] gs{6, lgufnf] / ux’Fsf] 5jfnLaf6 tLgv’§] /fIf;sf] ?k agfP/ 6f]n6f]n 3’dfpb} bf]af6f] / rf}af6f]df k’¥ofO{ hnfpg] k|rng 5 . tl:a/ M /d]z lu/L, eQmk’/, /f;;

काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् ।

परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउँछन् ।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?