कोरोना भाइरसबाट बच्न भुलेर पनि नगर्नुहोस् यी १० काम !

काठमाडौं । अहिले सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ ।

आज हामी तपाईलाई कोरोनाबाट बच्नका लागि डाक्टरले दिएका १० उपायहरुको बारेमा जानकारी दिनेछौँ ।

१. कोरोनाबाट बच्नको लागि काँचो मासु नखानुहोस्, खानै मन लागे राम्रोसँग पकाएर मात्र खानुहोस् ।

२. यदि तपाईमा कोरोना भाइरसको लक्षण देखिएको छ भने आफूलाई आईसोलेट गर्नुहोस् । घरका मानिससँग पनि दूरी कायम गर्नुहोस् ।  यदि अत्यावश्यक नै छ भने उचित दुरी कायम गर्नुहोस् र कुनै पनि सार्वजनिक सवारीको प्रयोग नगर्नुहोस् ।

३. सरसफाईको लागि आफ्नो हात लगातार धुनुहोस्, हातमा फोहोर नभए पनि त्यसलाई धुनुहोस् । हात धोएपछि टिस्यू वा रुमालले पुच्छ्नुहोस् । पानी भए स्यानिटाइजरको प्रयोग नगर्नुहोस् । पानीले धुन सम्भव नभएको ठाउँमा चाहिँ स्यानीटाईजर प्रयोग गर्नुहोस् ।

४. जो मानिस हाच्छ्यूँ गरिरहेको छ, उक्त व्यक्तिबाट टाढै रहनुहोस् । साथै आफ्नो अनुहार, नाक र आँखा नछुनुहोस् । कतै बाहिर जानु छ भने मास्क अनिवार्य लगाउनुहोस् ।

५. कोरोना भाइरसको इन्फेक्सनबाट बच्नको लागि आफ्नो कोठाको तापक्रम ३० डिग्री सेल्सियस राख्नुहोस् ।यसबाट भाइरसको संक्रमण हुने सम्भावना कम हुन्छ । साथै एसी /फ्यानको प्रयोग नगर्नुहोस् ।

६. झ्याल ढोका खुल्ला राखेर ताजा हावामा श्वास लिनुहोस्, तर यो सार्वजनिक स्थानमा नगर्नुहोस् । यो आफ्नो घरमा मात्र गर्नुहोस् ।

७. फोन वा अन्य आवश्यक चिज, वा धेरै प्रयोग गरिरहने कुराको सरसफाइमा पनि विशेष ध्यान दिनुहोस् । त्यसलाई प्रयोग गरेपछि स्यानिटाइजरको प्रयोग गर्नुहोस् ।

८. यदि तपाईलाई खोकी, कफ र श्वास फेर्नमा समस्या छ भने र बितेको १४ दिन यता कोहि संक्रमित व्यक्तिलाई भेट्नुभएको छ भने नजरअन्दाज नगर्नुहोस् । यसबारेमा डाक्टरसँग तत्काल जानकारी गराउनुहोस् ।

९. धेरै पानी पिउनुहोस्, धेरैजसो तातो पानीको प्रयोग गर्नुहोस् ।साथै कसैको जुठो पानी नपिउनुहोस् ।

१०. घरमा तपाईको हात लगातार गईरहेको ठाउँ छ भने त्यो ठाउँमा लगातार स्यानिटाइजर गर्नुहोस्, जसले कोरोना फैलाउने खतरा कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?