प्योङचाङमा आयोजित शीतकालीन ओलिम्पिकको भव्य समापन

काठमाडौं, १४ फागुन । दक्षिण कोरियाको प्योङचाङमा फेब्रुअरी ९ मा सुरु भएको शीतकालीन ओलम्पिकको भव्य समापन गरिएको छ दुई सातासम्म चलेका खेलकुद र राजनीतिक चर्चा तथा विवादहरुलाई बिट मार्दै दक्षिण कोरियाको प्योङचाङमा भव्य समापन समारोहको आयोजना गरिएको थियो । ओलिम्पिक रंगशालामा खेलाडी तथा खेलप्रेमीले झिलिमिली समापन समारोह हेरेका थिए शीतकालीन ओलम्पिकको पदक तालिकामा नर्वेले अग्रस्थानमा रह्यो । प्योङचाङको ओलिम्पिक रंगशालामा आयोजित भव्य समारोहसँगै शीतकालीन ओलिम्पिक सकिएको छ १६ दिन सम्म चलेका खेलहरुमा सबैभन्दा बढी पदक नर्वेले हासिल जितेको छ । अन्तिम प्रतिस्पर्धामा उसले जर्मनीलाई उछिनेको हो स्की खेलाडी मारित बोएर्गनले ओलिम्पिक खेलको आफ्नो आठौं स्वर्ण पदक जितेकी छन् । उनी शीतकालीन ओलिम्पिकको इतिहासमैं सबैभन्दा धेरै पदक जित्न सफल खेलाडी बनेकी छन् तटस्थ रूपमा प्रतिस्पर्धा गरेका दुई जना रुसी खेलाडी प्रतिबन्धित औषधि परीक्षणमा विफल भएपछि रुसी खेलाडीहरूलाई राष्ट्रिय झण्डा बोकेर मार्च गर्न दिइएन अब थप रुसी खेलाडीहरुले प्रतिबन्धित औषधि प्रयोग नगरेको पाइएको खण्डमा अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिले रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिने जनाएको छ प्योङचाङ ओलिम्पिकको समापन कार्यक्रममा अमेरिकी राष्ट्रपतिकी छोरी इभान्का र उत्तर कोरियाका प्रतिनिधिहरू सहभागी थिए अमेरिकी अधिकारीहरूले कुनै पनि उत्तर कोरियाली प्रतिनिधिहरूसँग भेट नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?