बिहीवारबाट विद्यार्थी भर्ना गर्न दिने सरकारको तयारी

काठमाडौं । साउन ८ गतेबाट विद्यार्थी भर्ना गर्न पाउने भएका छन् । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

विद्यालयहरु तत्काल नखुल्ने तर अभिमुखीकरण शुरु गर्न विद्यालयहरुलाई भनिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु निर्देशन दिइएको उनले बताए ।

साथै क्वारेन्टाइन बनाइएका धेरै विद्यालयहरुलाई भने निर्मलीकरण गर्ने विषयमा पनि निर्णय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?