सिइओ समिटमा उत्साहजनक आवेदन

काठमाडौं– नेपालमा पहिलो पटक हुन लागेको सिइओ समिट तथा अवार्डमा सहभागी हुन उत्साहजनक आवेदन परेको छ बिजनेश प्लस टेलिभिजन र सिईओ क्लवको संयुक्त आयोजनामा हुन लागेको सिइओ समिट तथा अवार्डमा सहभागी हुन अनलाईन मार्फत उत्साहजनक आवेदनहरु आईरहेको आयोजकले जनाएको छ आगामी फागुन ३० गते काठमाडौंमा आयोजना हुने नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रममा सहभागीलाई अनलाईनमार्फत नाम दर्ता गर्ने सुविधा दिइएको र हाल नेपाल र विदेशबाट सहभागी हुन धेरै सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको आवेदन आईरहेको बिजनेश प्लस टेलिभिजनका कार्यकारी निर्देशक डम्बर शाहुले जनाएका छन् समिटमा पहिलो पटक १७ देशका झण्डै ३ सय जना सिइओ तथा विजनेश लिडरहरुलाई सहभागी हुन पाउनेछन् । बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्धाहरु के हुन्छन् भन्ने कुरा समिटको पहिलो विषय हुने आयोजकले जनाएको छ समिटमा ठूला र बहुराष्ट्रिय कम्पनीका सफल सिईओहरु र नेतृत्वकर्ताहरुले व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता तौरतरिका अपनाएका छन् र यो अवस्थासम्म आउन उनीहरुले के–कस्ता प्रयास गरे भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदान–प्रदान हुने जनाइएको छ । समिटमा बिभिन्न ६ वटा फरक फरक बिधामा अवार्ड समेत प्रदान हुनेछ उक्त समिट सहभागी हुन चाहने विभिन्न कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुले http://nepalceosummit.com/participation/ मा गई अनलाईन सहभागीता आवेदन फर्म भर्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?