ग्लोबल आईएमईद्वारा कर्जाको ब्याजदर परिवर्तन

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले साउन ६ गतेदेखि लागू हुने गरी कर्जाको ब्याजदर परिवर्तन गरेको छ। बैंकको अनुसार साना तथा मझौला व्यवसायका लागि प्रवाह हुने कर्जामा आधार ब्याजदरमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा लगानी गरिने उल्लेख छ।

बैंकले ओभरडाफ्ट, ट्रूट रिसिप्ट, प्याकिङ्ग क्रेडिट, क्यास क्रेडिट, एसटिएस, फिक्स्ड टर्म लोन, प्रोजेक्ट लोन, बैंक ग्यारेन्टी लोनमा तथा अटो लोन र शेयर धितोमा गरिने कर्जामा यो ब्याजदर लागू हुने जनाएको छ।

बैंकले १५ लाख रुपैयाँसम्मको ग्लोबल कृषि कर्जामा आधार ब्याजदरमा २ प्रतिशतमा कर्जा उपलब्ध गराउने जनाएको छ। प्रवाह गरिएको कर्जा असुली नभई बाचलिस्टमा परेको खण्डमा २ प्रतिशत ब्याजदर बढाइने बैंकले जनाएको छ।

बैंकको आधार ब्याजदर असार मसान्तमा ८.४२ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?