काठमाडौं, १४ फागुन । ओम डेभलपमेन्ट बैंकको सोमबार सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १७.६९ प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता १ सय ९७ कायम भएको छ । यहि मूल्यलाई आधार मानेर सोमबार बैंकको सेयर कारोबार खुला हुने भएको छ बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य प्रतिकित्ता २ सय ७२ निर्धारण भएको छ ओमले फागुन २५ गते शुक्रबार होटल माउण्ट कैलाश रिर्सोट, पोखरामा विहान १० बजे ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ सभाबाट ३७ करोड ८१ लाख सात हजार ३ सय बोनस सेयर वितरण गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती कार्य अगाडि बढाउन सञ्चालन समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव छ त्यस्तै, संस्थापक सेयरधनी र साधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने भएको छ । सञ्चालकको बैठक भक्ता बढाउने र कार्यकारी सञ्चालक र कार्यकारी प्रमुखको कार्यकाल कायम गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पनि साधारणसभामा छ दुई अर्ब १३ करोड ७१ लाख चुक्ता पूँजी रहेको ओमको बोनसपछि दुई अर्ब ५१ करोड ५१ लाख चुक्ता पूँजी पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया