नेपाल लाइफले गर्यो बोनस र नगद लाभांस वितरण गर्ने घोषणा

काठमाडौं, १४ फागुन । नेपालमा सञ्चालनमा आएका जीवन बीमा कम्पनीहरुमध्ये एक नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकतालार्ई ७०.५३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको छ कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड भन्दा बढी हुने भएको छ नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । जसकोे प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?