डिएनए एक प्रकारको आनुवंशिक कोड हो । जसले हाम्रो पहिचान बनाउँदछ।
यी रातो रक्त कोशिका बाहेक शरीरको प्रायः सबै भागमा हुन्छ । जो एक विस्तृत श्रृंखला जस्तो देखिन्छ, र यसका २ वटा संरचनाहरू हुन्छन् । तर हालसालै वैज्ञानिकहरूले यसमा ठूलठूला परिवर्तनहरू भएको पत्ता लगाएका छन्।
पहिलो पटक, यसमा चार वटा संरचनाहरु देखिएका छन् । यो देखेर वैज्ञानिकहरु नै चकित बनेका छन् । उनीहरु अहिले यस विषयमा निरन्तर अध्ययन गरिरहेका छन् ।
मानिसको शरीर पनि डिएनएले बनेको छ । डि ओक्सीराइबोन्यूक्लिक एसिड भनिन्छ। अहिलेसम्म एक स्वास्थ्य व्इक्तिको शरीरमा डबल हेलिक्सवाला डिएनए मात्र देखिएको छ ।
तर वैज्ञानिकहरूले पहिलो पटक चार हेलिक्स डीएनए पत्ता लगाएका छन्। यो इम्पीरियल कलेज लण्डन द्वारा पत्ता लगाइएको हो।
कलेजका वैज्ञानिक मार्को डी एन्टोनियो भन्छनले चार हेलिक्स डीएनए देखेर आफू छक्क परेको बताएका छन्।
उनले अब डीएनएको नयाँ अध्ययन शुरू गर्नु पर्ने बताएका छन् ।
चार हेलिक्सवाला डीएनए सामान्यतया केही क्यान्सर कोषिकाहरुमा फेला पर्दछ वा यसलाई प्रयोगशालाहरूमा प्रयोगका लागि बनाइएको हुन्छ। तर सबै जना मानिसमा देखेर अचम्मित बनेका छन् ।
चार हेलिक्स डीएनए गुआनाइनको आधारमा बन्छ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया