यी हुन् ज्योतिष शास्त्रमा प्रयोग हुने पाँच महत्वपूर्ण अङ्ग !

काठमाडौं । ज्योतिषशास्त्रमा महत्वपूर्ण पाँचवटा अङ्ग हुन्छन् । ती अङ्गहरुका आधारमा जन्मदेखि मृत्युसम्म गरिने सम्पूर्ण सस्कारहरु गरिन्छन् ।

जस्तै कुनै बालकको जन्म भयो, अव जम्म भईसकेपछि हामी बच्चाको नाम राख्दा ज्योतिष शास्त्रीय मान्यता अनुसार जन्मेको दिन कुन नक्षत्र परेको त्यसै आधारमा नामाकरण गरिन्छ र त्यही जन्मकै आधारमा सम्पूर्ण जन्मदेखि मृत्युसम्म गरिने सस्कारहरु गरिन्छ । पाँचअंगहरु, तिथि, वार, नक्षत्र, योग र कर्ण को विस्त्रित वर्णन यसप्रकार गरिएको छ ।

तिथिः
तिथिहरु दुई प्रकारकाछन् । शुक्लपक्ष र कृष्णपक्ष, हरेक पक्षमा १५ वटा तिथिहरु हुन्छन् ।
१. परेवा
२. द्वितीया
३. तृतीया
४. चतुर्थी
५. पंचमी
६. षष्टी
७. सप्तमी
८. अष्टमी
९. नवमी
१०. दशमी
११. एकादसी
१२. द्वादसी
१३. त्रयोदसी
१४. चतुर्दसी
१५. पूर्णिमा ।

कृष्णपक्षमा पनि यस्तै चौधवटा तिथिहरु हुन्छन् र पन्ध्रौँ तिथिलाई औँसी भनिन्छ र रोलक्रममा औँसीलाई ३० लेखिन्छ ।

वारः
वारहरु सातवटा छन्
१. आइतवार
२. सोमवार
३. मंगलवार
४. बुधवार
५. बिहिवार
६. शुक्रवार
७. शनिवार

यी वारहरु ग्रहका प्रतीक हुन् । क्रमशः सूर्य, चन्द्रमा, मंगल (भौम), बुध, बृहस्पति, शुक्र र शनिश्चर हुन् ।

नक्षत्रः
नक्षत्रहरु खास गरेर सत्ताइस वटा प्रचलित छन् ।
१. अश्विनी (चु चे चो ला)
२. भरणी (ली लु ले लो)
३. कृत्तिका (अ इ उ ए)
४. रोहिणी (व बा बि बु)
५. मृगशिरा (बे बो का कि)
६. आद्र्रा (कु घ ङ छ)
७. पुनर्वसु (के को ह ही)
८. तिष्य (हु हे हो डा)
९. अश्लेषा (डि डु डे डो)
१०. मघा (मा मि मु मे)
११. पुर्वाफाल्गुनी (मो टा टि टु)
१२. उत्तराफाल्गुनी (टे टो प पी)
१३. हस्ता (पु ष ण ठ)
१४. चित्रा (पे पो र री)
१५. स्वाती (रु रे रो ता)
१६. विशाखा (ति तु ते तो)
१७. अनुराधा (ना नि नु ने)
१८. जेष्ठा (नो या य यु)
१९. मूल (ये यो भ भि)
२०. पुर्वाषाढा (भु धा फा ढा)
२१. उत्तराषाढा (भे भो जा जि)
२२. श्रवण (खि खु खे खो)
२३. धनिष्ठा (गा गि गु गे)
२४. शतविषा (गो सा सि सु)
२५. पुर्वाभाद्रपदा (से सो द दि)
२६. उत्तराभाद्रपदा (दु थ झ ञ)
२७. रेवती (दे दो चा चि)

योग
१. विष्कुम्भ
२. प्रीति
३. आयुस्मान
४. सौभाग्य
५. शोभन
६. अतिगण्ड
७ सुकर्मा
८. धृति
९. शूल
१०. गण्ड
११ वृद्धि
१२. ध्रुव
१३. व्याघात
१४. हर्षण
१५. बज्र
१६. सिद्धि
१७. व्यातिपात
१८. वरियान
१९. परिध
२०. शिव
२१. सिद्ध
२२. साध्य
२३. शुभ
२४. शुक्ल
२५. ब्रह्म
२६. ऐंन्द्र
२७. वैधृति

कर्ण
१. वव
२. बालव
३. कौलव
४. तैतिल
५. गर
६. वणिज
७. भद्रा
८. चतुष्पद ।
९. शकुनी
१०. नाग
११. चतुष्पद
१२. किंस्तुध्न

राशि
ज्योतिषशास्त्रमा राशि को प्रमुख खेल भएको पाइन्छ । प्रत्येक प्राणिहरुको कृर्याकलाप नामको आधारमा बताइएको हुन्छ । कुन नामबाट कुन राशी हुन्छ भन्ने जानकारी पाउन होडा चक्रको ज्ञान हुनु अति आवश्यक हुन्छ । राशि को जानकारी लिन निम्न कुराहरुको अध्ययन गर्नु पर्दछ ।

१. मेषस् मेष राशिमा अश्विनी, भरणी र कृत्तिका नक्षत्रको एकपाउ (चु चे चो ला लि लु ले लो अ) यी नौ वटा अक्षरबाट नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै मेष राशिमा पर्दछन् । मेष राशिको स्वामी मंगल (भौम) ग्रह हो ।

२. वृषः वृष राशिमा कृत्तिकाको बाँकि तीन पाउ रोहिणी, मृगशिराको दुई पाउ (इ उ ए व बा बि बु बे बो) यी नौ वटाको नाम उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै वृष राशिमा पर्दछन् । वृष राशिको स्वामी शुक्र ग्रह हो ।

३. मिथुनः मिथुन राशिमा बाँकि मृगशिराको दुई पाउ आर्द्रा, पुनर्वसुको तीन पाउ (का कि कु घ ङ छ के को ह) यी नौ वटा उच्चारण हुने सवै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै मिथुन राशिमा पर्दछन् । मिथुन राशको स्वामी बुध ग्रह हो ।

४. कर्कटः कर्कट राशिमा पुनर्वसुको बाँकी एक पाउ तिष्य, अश्लेषा सबै (ही हु हे हो डा डि डु डे डो) यी नौ वटाको नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै कर्कट राशिमा पर्दछन् । कर्कट राशिका स्वामी चन्द्रमा हुन् ।

५. सिंहः सिंह राशिमा मघा, पुर्वाफाल्गुनी, उत्तराफाल्गुनीको एक पाउ (मा मि मु मे मो टा टि टु टे) नौ वटाको नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै सिंह राशिमा पर्दछन् । सिंह राशीका स्वामी सुर्य ग्रह हुन् ।

६. कन्याः कन्या राशीमा उत्तराफाल्गुनीको बाँकि तीन पाउ हस्ता, चित्रा नक्षत्रको दुई पाउ (टो प पि पु ष ण ठ पे पो) यी नौ वटाको नाम उच्चारण हुने व्यक्ति, प्राणीहरु तथा ठाउँहरु सबै एकै कन्या राशि भित्र पर्दछन् । बुध ग्रह कन्या राशिका स्वामी हुन् ।

७. तुलाः तुला राशिमा चित्रा नक्षत्रका बाँकि दुई पाउ स्वाती, विशाखाको तीन पाउ (रा रि रु रे रो ता ति तु ते) नौ वटाको नाम उच्चारण हुने व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै तुला राशिमा पर्दछन् । तुला राशिका स्वामी शुक्र ग्रह हुन् ।

८( वृश्चिकः वृश्चिक राशिमा बाँकि बिशाखाको एक पाउ अनुराधा, ज्येष्ठा (तो ना नि नु ने नो या य यु) यी नौ वटाको नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै वृश्चिक राशि भित्र पर्दछन् । वृश्चिक राशिका स्वामी मंगल (भौम) ग्रह हुन् ।

९. धनुः धनु राशिमा मूल, पुर्वाषाढा, उत्तरषाढाको एक पाउ (ये यो भा भि भु धा फा ढा भे) यी नौ वटाको नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै धन राशिमा पर्दछन् । धनु राशिका स्वामी बृहस्पति ग्रह हुन् ।

१०. मकरः मकर राशिमा उत्तराषाढाको बाँकि तीन पाउ श्रवण, धनिष्ठाको दुई पाउ (भो जा जि खि खु खे खो गा गि) यी नौ वटाको नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै मकर राशिमा पर्दछन् । मकर राशिको स्वामी शनिश्चर ग्रह हो ।

११. कुम्भः कुम्भ राशिमा बाँकि धनिष्ठा नक्षत्रका दुई पाउ शतभिशा, पुर्वाभाद्रका तीन पाउ (गु गे गो सा सि सु से सो द) यी नौ वटाको नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै कुम्भ राशि भित्र पर्दछन् । कुम्भ राशिको स्वामी पनि शनि ग्रह नै हो ।

१२. मीनः मीन राशिमा पूर्वाभाद्र नक्षत्रको बाँकि एक पाउ उत्तराभाद्रपदा र रेवती (दि दु थ झ ञ दे दो च चि) यी नौ वटाको नाम उच्चारण हुने सबै व्यक्ति, प्राणीहरु तथा ठाउँहरु एकै मीन राशिमा पर्दछन् । मीन राशिका स्वामी बृहष्पति ग्रह हुन् ।

उपर्युक्त २७ नक्षत्रहरु चन्द्रमाका पत्नीहरु हुन् । चान्द्रमासको गणना गर्दा एक महिनामा २९ दिन १२ घण्टाको समय मात्र हुन्छ । त्यस्तै ३५४ दिनको एक वर्ष हुन्छ । सौर्यवर्ष र चान्द्रवर्षमा फरक आउने दिनहरुको समय मिलाउन दुई वर्ष छ महिना बितेपछि एउटा चान्द्रमास थपिन्छ । थपिएको महिनालाई मलमास वा पुरुषोत्तम महिना भनिन्छ । यो अधिक (बढेको) महिनामा चाडपर्वहरु कुनै पनि पर्दैनन् ।

१२ वटा राशमा सूर्य क्रमशः सर्दैजाने हुँदा सूर्य एक राशिबाट अर्को राशिमा सर्नुलाई संक्रमण भनिन्छ र त्यसै दिनलाई संक्रान्ती पनि भनिन्छ । मेष राशिमा सूर्य सर्दा बैशाख संक्रान्ती वा नववर्ष दिवस मानिन्छ । त्यस्तै वृषमा सूर्य सर्दा जेठको संक्रन्ती, मिथुनमा सूर्य सर्दा असार संक्रान्ती, कर्कटमा सूर्य सर्दा साउने संक्रान्ती, सिंहमा सूर्य सर्दा भाद्र संक्रान्ती, कन्यामा सूर्य सर्दा असौज संक्रान्ती, तुलामा सूर्य सर्दा कार्तिक संक्रान्ती, वृश्चिकमा सूर्य सर्दा मंसिर सक्रान्ती पौषमा सूर्य सर्दा पौषे संक्रान्ती, मकरमा सूर्य सर्दा माघे संक्रान्ती, कुम्भमा सूर्य सर्दा फाल्गुन संक्रान्ती, तथा मीनमा सूर्य सर्दा चैते संक्रान्ती मानिन्छ ।

सनातन धर्म अन्तर्गत मनाइने वार्षिक पर्वहरु चान्द्रमास (तिथि) अनुसार मनाइने हुँदा प्रत्येक चाडपर्वहरु प्रत्येक वर्षको फरक फरक गतेमा पर्दछन् । संक्रान्ती पर्व बाहेक सौर्यमासमा कुनैपनि जन्मोत्सव जस्ता पर्वहरु पर्दैनन् । पाश्चात्य मुलुकको सिको गरेर जन्मोत्सव आदि दिवसहरु विस्तार विस्तार सौर्यमासको गतेमा पर्व मान्ने चलन आएको छ । यस प्रकारको चलनलाई हिन्दु संस्कारमा सकारात्मक सुधार आएको मान्नु पर्दछ ।

ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?