काठमाडौं, ७ असोज ।दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना १०० स्थानमा सकिएको छ ।प्राप्त नतिजाअनुसार नेपाली कांग्रेस ३१ तहमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । एमाले पाँचौ स्थानमा रहेको छ । एमालेले १० तहमा जीत हासिल गरेको छ ।यसैगरी संघीय समाजवादी फोरम दोस्रो स्थानमा रहेको छ । फोरमको १९ तहमा जित हासिल गरेको छ ।यसैगरी माओवादी केन्द्र १८ तहमा विजयी राजपा १५ तहमा विजयी भएको छ ।यस्तै लोकतान्त्रिक फोरमले ३ तह जित्दा जनता दल र नयाँ शक्तिले १–१ तह जितेका छन् । मतगणना निकै सुस्त हुँदा दशैंअघि सकिन कठीन भएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया