काठमाडौं । सारा विश्व अनौठो रहस्यले भरिएको छ । आज पनि सारा विश्वमा अनौठो कुराको केहि कमी छैन । कतै परम्परा त कतै मान्यताका कारण रहस्यमय बनेको यो विश्वमा कतिपय घटनाहरु त हामीलाई सुन्दा र देख्दा समेत विश्वास हुँदैन ।
एउटा यस्तै परम्परा इण्डोनेशियाको एक जनजातीमा पनि रहेको छ । उनीहरुको यो परम्परा एक उत्सवको रुपमा प्रख्यात छ ।
सुलावेसी द्वीपको टोराजन जातीको नेने फेस्टिभल अनौठो र डरलाग्दो छ । यसमा उनीहरु शवलाई हरेक तीन वर्षमा गाडेको स्थानबाट निकालिन्छ । उनीहरुलाई त्यो बेलामा सरसफाई गरिन्छ र नयाँ कपडा लगाईदिइन्छ ।
उनीहरुले मृत्युपछि फेरी अर्को यात्राका लागि निस्किनुपर्ने भन्ने मान्यताका कारण यसो गरेका हुन् ।
यो फेस्टिभल मनाउने परम्परा १०० वर्ष पहिला देखिको हो । त्यहाँका बुढापाका बताउँछन्, एक शिकारी शिकार गर्न जंगल गएका थिए ।
उनले जंगलमा एक सडेको शव देखे । त्यसपछि उनले नयाँ कपडा लगाईदिएर अन्तिम संस्कार गरिदिए ।
त्यसपछि उक्त शिकारी धेरै भनवान भएको र समृद्धशाली बनेको उनीहरुको भनाई छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया