काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक वृद्धा लठ्ठी चलाईरहेकी देख्न सकिन्छ ।
८५ वर्षकी उक्त वृद्धाको लठ्ठी चलाउने कला अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनेको छ ।
भारतको पुणेमा बस्ने उक्त वृद्धाको रोजी रोटी भनेकै यहि कला हो । उनको यो कला हेर्नका लागि मानिसहरु सडकमा भीड भएका थिए ।
उनको नाम शान्ताबाई पवार रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनलाई मानिसहरुले लठैत दादी भनेर पनि बोलाउने गरेका छन् । उनी यहि कला प्रदर्शन गरेर आफ्नो परिवारको खर्च चलाउने गर्छिन् ।
एजेन्सीको सहयोगमा
#WATCH 85-year-old Shantabai Pawar performs 'Lathi Kathi' on streets of Pune to earn a livelihood.
She says, "I'm doing it since I was 8. My father taught me to work hard. People mostly remain indoors due to #COVID, so I clang utensil to alert them when I perform." #Maharashtra pic.twitter.com/NCI7kcbKxT
— ANI (@ANI) July 24, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया