काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले सारा विश्वमा नै फैलिएको छ । भारतमा पनि यसको प्रकोप पछिल्लो समय झनै तीव्र गतिले फैलिरहेको छ ।
यो महामारीका कारण पछिल्लो समय स्कूल, कलेज, फिल्महल लगायत विभिन्न् उद्योगभन्दाहरु बन्द थिए । जसका कारण लाखौँ मानिसहरु बेरोजगार भएका छन् ।
यसैबीच अविभावकलाई स्कूल तथा कलेजको फी तिर्न सकस भएको छ । कलेज तथा स्कूलको फीको मोटो रकम तिर्नु पर्दा अविभावकहरु हैरान बनेका हुन् ।
यसैबीच भारतमा एक बच्ची लकडाउनको समयमा अनलाईन क्लास पढेको स्कूलको फी तिर्नको लागि बुवासँगै सडकमा मकैको फूल बेच्न लागि परेकी छिन् ।
उनको भिडियो तथा फोटो सामाजिक सञ्जालमा अहिले अत्उाधिक भाइरल बनिरहेको छ । उनका बुवाको नाम शबीर रहेको छ । उनीहरु बुवाछोरी नै अहिले स्कूलको फी तिर्नको लागि सडकमा मकैको फूल बेच्न थालेका हुन् ।
पहिला उनका बुवा ट्रेनमा फलफूल बेच्ने गरेको बताइएको छ । उनीहरु दिनमा मकै बेचेर ४०० जति कमाउने गर्छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया