काठमाडौं । वि.सं. २०७७ साउन ११ गते । आईतवार । इ.स.२०२० जुलाई २६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । ने.सं. ११४० बछलागा । श्रावण शुक्लपक्ष । तिथी– षष्ठी,११ बजेर ४५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–हस्त,१५ बजेर ३३ मिनेट उप्रान्त चित्रा ।
योग शिब,०६ बजेर १९ मिनेट उप्रान्त सिद्ध । करण तैतिल,११ बजेर ४५ मिनेट उप्रान्त गर,२२ बजेर ३१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ५ बजेर २४ मिनेटमा, सूर्यास्त १८ बजेर ५४ मनेटमा । दिनमान ३३ घडी ४५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्यम रहेकोले प्रतिस्पर्धीहरु नै हाबी हुनेछन् । अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागि टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्राको तय गर्न सकिनेछ । घरायसी प्रयोजनका लागि भोगविलासका सामानहरुको खरिद गर्ने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ । उपहारका रुपमा विलाशी वस्तु हात लागि हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेको छ । व्यापारमा लगानी गर्नको लागि केही समय धैर्यधारण गर्नुहोला । तर पनि कृषि,पशुपालन तथा पुख्र्यौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहाँदा नचाहाँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त,छिमेकी तथा दाजुभाईसँग घरायसी कुरामा राय बाजिनेछ । छोटो तथा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आँट,शाहस तथा पराक्रम गर्न नसक्दा आतमा आईसकेको काम अरुकै हातमा पर्नेछ । विवाद तथा न्यायीक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रेममा मनमुटाव तथा धोका हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । वुद्धि तथा बावाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
ढिला सुस्ती तथा मनमा अशान्तिले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापारमा लगानी गरे पनि न्यून प्रतिफल प्राप्त हुनेछ । अध्ययनको लागि समय प्रतिकुल रहेको छ भने प्राप्ताङ्क आफूतिर ल्याउन निकै मेहनेत गर्नु पर्नेछ । पुख्र्यौली सम्पत्ती तथा भौतिक सम्पत्तीमा विवाद हुन सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तर पनि यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरि पाउने योग रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यवसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढी नै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ । व्यक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाडी बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
साथ दिने तथा सहयोग गर्नेहरुले हात झिक्नाले चिताएको काम बिलम्ब गरी सम्पादन हुनेछ । सामान्य काममा श्रम तथा समय खर्च हुनेछ भने अरुको काममा समय खर्च हुनेछ । बिलाशी वस्तु तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजानाले अरुभन्दा पछि परिनेछ । जीवन साथीको सहयोग नपाईनाले व्यापार व्यवसायमा भनजस्तो आम्दानी हुनेछैन ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया