जनकपुरधाम, ७ असोज ।महोत्तरीको बर्दिबास नगरपालिकामा माओवादी केन्द्र बिजयी भएको छ ।नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विदुर कुमार कार्की ९ हजार १ सय ८७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रहलाद क्षेत्री ८ हजार १ सय ७९ मत ल्याएका छन् ।त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै कृष्णमाया गौतम ८ हजार ८ सय ३५ मत प्राप्त गरी बिजयी भएकी छीन् ।उनको निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तारा देवीले ७०२३ मत प्राप्त गरीन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया