काठमाडौं । नशाले कस्तोसम्म बनाउन सक्छ भन्ने कुरा भारतको यो घटनाबाट स्पष्ट हुन्छ । भारतको हरियाणमा बस्ने एक व्यक्ति पछिल्लो पाँच वर्ष यता लगातार नशा लिने गर्दथे । तर जब कोरोनाको महामारीले भारतमा लकडाउन शुरु भयो तब उक्त व्यक्तिले गाँजा पाउन छोडे ।
उनले गाँजा नपाएपछि हैरान भएर तलतल मेट्नको लागि चक्कु नै निलेका छन् । जब स्वास्थ्यमा समस्इा आएपछि उनको सिटी स्क्यान गरियो तब सबै हैरान भए । उनको सर्जरी गर्दा चक्कु देखियो ।
उक्त व्यक्तिको उमेर २८ वर्षको रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त व्यक्ति गाँजाको लतका कारण साइकोसिसको बिरामी थिए । २० सेन्टीमिटरको चक्कु निलेपछि डाक्टर नै हैरान भएका छन् ।
चक्कु भोजन नलीबाट हुँदै आमाशयसम्म पुगेको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुले सर्जरी गरेर ५०० मिलिमिटर छातीमा जमेको पानी निकालेका थिए ।
अहिले उनको स्वास्थ्य कमजोर बनेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया