ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट नेगेटिभ, अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

यो खबर अभिषेकले सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् ।

ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै नानावती अस्पतालले उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरेको छ ।

कोरोना पोजेटिभ भएको पाँच दिन पछि उनीहरु अस्पताल पुगेका थिए । उनीहरुले १० दिन अस्पतालमा बिताएका छन् ।

बच्चन परिवारका अभिषेक र अमिताभ भने अझै अस्पतालमै रहेका छन् ।

११ जुलाईमा बलिउड महानायक अमिताभ र उनका छोरा अभिषेकलाई कोरोना पुष्टि भएको थियो ।

त्यसपछि परिवारको कोरोना टेस्ट गर्दा ऐश्वर्या र उनकी छोरी आराध्यालाई १२ जुलाईमा कोरोना पोजेटिभ पाइएको थियो ।

उनीहरुमा सामान्य लक्षण देखिएपछि होम आइसोलेसनमा पाँच दिनसम्म राखिएको थियो । तर श्वासप्रश्वासमा समस्या भएको भन्दै पाँच दिन पछि उनीहरु पनि नानावती अस्पतालमै भर्ना भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?