बलिउड अभिनेता सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक

काठमाडौं । स्व. बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनमाथि अहिलेसम्म पनि विभिन्न प्रश्न उठिरहेका छन् ।

कंगना रनौत सहित उनका केहि कतिपयले अहिले पनि उनको आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप समेत लगाईरहेका छन् । तर पोस्टमार्टम रिपोर्टका आधारमा पुलिसले सुशान्तको हत्या नभई आत्महत्या भएको पुष्टि गरिसकेको छ ।

यसैबीच मृतक सुशान्तको शरीरमा केही नशालु पदार्थ वा विष छ कि छैन भने गरिने ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । उनको शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गरेर ‘भिसेरा टेस्ट’ गर्ने गरिन्छ ।

सुशान्तले आत्महत्या गरेको डेढ महिना पछि आएको भिसेरा रिर्पोटमा उनको शरीरमा कुनै पनि नशालु पदार्थ नभएको बताइएको छ ।

सुशान्तले गत १४ जुनमा घरमै झुण्डिएर आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?