काठमाडौं । पाकिस्तानको एक १०३ वर्षका वृद्धले कोरोनालाई हराएका छन् । उनी कोरोनाबाट संक्रमित भएर ठीक हुने विश्वकै सबैभन्दा धेरै उमेरका व्यक्ति हुन् ।
तर हैरान बनाउने कुरो त के छ भने उनले हालै मात्र पाचौँ विवाह गरेका थिए । १०३ वर्षीय यी व्यक्तिको नाम अब्दूल अलीम रहेको छ ।
उनी कोरोनालाई जितेर घर फर्किएपछि सबै हैरान बनेका छन् । उनलाई जुलाईको शुरुवातमा कोरोना संक्रमण भएको थियो ।
अहिले उनी पुरा ठीक भएर घर फर्किएका छन् । पाकिस्तानको पहाडी क्षेत्रमा रहेको चित्राल जिल्लाका उनी तीन हप्ताको अस्पताल बसाईपछि ठीक भएका हुन् ।
उनका ५० वर्षीय छोरा सोहेल अहमदले भने मेरो बुवालाई कोरोना संक्रमण हुँदा सब डराएका थिए ।
उनी आफ्नी तीन श्रीमती र ९ छोरा र एक छोरीसँग बस्दै आएका छन् । उनले सम्बन्ध बिच्छेद गरेर हालै मात्र पाचौँ विवाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया