काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा बृद्धि भइ नयाँ रेकर्ड कायम भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९८ हजार २ सय रहेका थियो ।
बुधवार (आज) मूल्य बृद्धि भइ प्रतितोला सुन ९८ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९८ हजार ६५ रहेको छ ।
तर मंगलवारको तुलनामा आज चाँदीको मूल्यमा भने कमि आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ४५ रहेको थियो । भने आज तोलामा २० रुपैयाँले कमि आइ प्रतितोला चाँदी १ हजार २ सय २५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया