हेर्नुहोस् २०७७ साल साउन १५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साउन १५ गते । बिहीवार । इ.स.२०२० जुलाई ३० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । ने.सं. ११४० बछलागा । श्रावण शुक्लपक्ष । तिथी एकादशी,२४ बजेर २४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अनुराधा,०९ बजेर २६ मिनेट उप्रान्त ज्येष्ठा । योग ब्रम्ह,१५ बजेर ४१ मिनेट उप्रान्त ऐन्द्र ।

करण वणिज,१३ बजेर १९ मिनेट उप्रान्त भद्रा,२४ बजेर २४ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–वृश्चिक । काठमाडौंमा सूर्योदय ५ बजेर २६ मिनेटमा, सूर्यास्त १८ बजेर ५२ मनेटमा । दिनमान ३३ घडी ३४ पला । पुत्रदा एकादशी व्रत । खिर खाने सांस्कृतिक दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउमा लगानि गर्ने अवसर जुर्नेछ । व्यवसायकै सवालमा यात्रा हुनेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेको छ । मायाँ प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईको बिपक्षमा आउने हुनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुनु होला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । अध्ययन अध्यापनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । घर परिवार तथा आफन्तहरुसँग घरायसी कुरामा राय बाजिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैतिर पार्न सकिनेछ । नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेको छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापारमा लगानीको अभावले आम्दानीमा कमि हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ । दाजुभाई,आफन्त तथा छिमेकी सँगको सम्बन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तपाईले शुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारीक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शंका उपशंकाहरु हट्दै जानेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा मनग्गे समय खर्चिए पनि न्युन सफलता हात लागी हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैंक तथा वित्तिय क्षेत्रमा गरीएको लगानीबाट धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ती तथा सवारी साधन जोड्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा वचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ । राजनीति कर्मिहरुका लागि समय मध्यम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सरकारी स्तरबाट हुने कामहरु समयमा सम्पादन हुने हुनाले नया काम गर्न जोस जागर आउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुका साथ धार्मिक यात्रामा निस्कन सकिनेछ । अध्ययन तथा खोजमुलक काममा मन जाने योग रहेको छ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?