काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको केसमा अब बिहार पुलिस अनुसन्धानमा जुटेको छ ।
पुलिसले उनकी बहिनी मीतु सिंह र उनका साथी कृष्णा शेट्टीसँग पनि शोधपुछ गरेको छ ।
सुशान्तका फ्यान तथा केहि कलाकारहरुले उनको सीबीआई जाँच गर्न माग गरिरहेका छन् । यसैबीच सुप्रिम कोर्टले उक्त मागको याचिका खारेज गरेको छ ।
पुलिसलाई उसको काम गर्न दिइयोस् भन्दै कोर्टले यो याचीका खारेज गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अभिनेता सुशान्तले गत जून १४ को राती दोश्रो प्रहरमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
एजेन्सीको सहयोगमा
कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो
रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया
भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?
चीनले यसरी लियो अमेरिकासँगको बदला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया