मुम्बई – बलिउड अभिनेत्री श्रीदेवीको अकस्मात हृदयाघातका कारणले मृत्यु भएको भनिएको थियो । उनको मृत्युलाई लिएर शुरुमा हृदयाघात भएको भनिएको थियो । पछि फेरि मिडियाले उनको मृत्यु धेरे औषधि र कस्मेटिक सर्जरीले गर्दा भएको भन्ने समाचार पनि आए दुबई अस्पतालको फरेन्सिक टिमको रिपोर्टले भने उनको मृत्यु बाथरुमको बाथटममा डुबेर भएको बताएको छ । रिपोर्टका अनुसार उनले मदिरा सेवन गरेको पनि बताइएको छ । पहिले उनको मृत्यु हृदयाघातका कारण भएको भनिएको थियो । तर अहिले आएर उनको मृत्यु दुर्घटनावश डुब्न पुग्दा भएको बताइएको छ पूरै बलिउडमा श्रीदेवीको मृत्युको शोकले फिल्मको शूटिङ पनि रोकिएको बताइएको छ । आजै उनको पार्थिव शरीरलाई भारत ल्याउने पनि भारतीय मिडियाले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया