हेर्नुहोस् २०७७ साल साउन १७ गतेदेखी २३ गतेसम्मको साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेमममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । साताको अन्त अर्थात शुक्रवार र शनिबारको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । तर पनि लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । तपाई सेना,प्रहरी तथा सुरक्षा क्षेत्रमा काम गर्नुहुन्छ ,माटो सम्बन्धी काम गर्नुहन्छ भने समयले साथ दिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आईतवार बिहानसम्मको समय मध्यम रहेकोले संकट व्यवस्थापनमा चालिएका कदमहरु निःअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । आईतवार दिउँसोबाट समय उत्तम रहेकोले भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट धन आर्जन गर्न सकिनेछ ।

श्रमको उचित मुल्याङ्कन हुनेछ । खोजिमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धीत बिषयमा रुची बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ । बैंक तथा बित्तिय क्षेत्र, चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरु फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा बिलासि जीवन व्यतित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले अल्पकालिन तथा दीर्घकालिन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाईमा मन जानेछ । वौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरु साटासाट हुनेछ । सामाजिक तथा परोपकारि काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नया काम गर्न सकिनेछ ।

आईतवार दिउँसोबाट मंगलवार साँझसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । सञ्चार जगतमा,ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चञ्ज,चार्टर एकाउन्टेण्ट,ब्यापार,हास्य व्यङ्ग्य कलाकार,लेखक,साहित्यकार,राजदूत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि साताको समय शुभ रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाईलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा हुनेछन् । व्यापार फस्टाएर जानेछ भने रुपैया पैसा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । विद्यामा स्कलर्सिप प्राप्त हुनेछ भने सहपाठीहरुलाई पछि पार्दै नतिजा हात पार्न सकिनेछ ।

आफ्नै मिहेनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । बुधवार र बिहीवारको मध्यम रहेकोले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला । पानिसँग सम्बन्धित जलसेना,हाइड्रो ईन्जिनियर, पौडीबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

घरायसि सेवा सुबिधाको उपयोग गरी अगाडि बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेको छ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । मायाँ प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने बिपरित लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।

काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । शुक्रवार र शनिवारको समय मध्यम रहेकोले मन परेको मानिस टाडिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । पढाई लेखाईमा मिहेनत गर्दामात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि सेना,प्रहरि,गुप्तचर,सुरक्षासँगठन,उद्योग,व्यवस्थापन,मेडिकल,राजनीति,प्यारामेडिकल क्षेत्र, रिसर्च,अध्यात्म, ज्योतिष प्रशासनिककार्य, जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि साता उत्तम रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

आईतवार बिहानसम्मको समय मध्यम रहेकोले आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । आईतवार दिउँसोबाट समय राम्रो रहेकोले व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ ।

स्थायी सम्पत्ती तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले वौद्धिक क्षेत्र बलियो हुनेछ । ब्यापार व्यवसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबै खाले प्राविधिक,कम्यूनिकेशन,अफिसर, वलिक, राजनितिक सल्लाहकार, शिक्षक आदि पेशा व्यवसायमा समय लगानी गर्नेहरुका लागि साता उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले आकस्मिक धन,सम्पत्ती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तीको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीचको मायाँको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

आईतवार दिउँसोबाट मंगलवार साँझसम्मको समय मध्यम रहेकोले घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाईहरुले काममा बाधा तथा अवरोध गर्नेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । कूटनिति, परराष्ट्र,राजनिति,राजदुत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोल विज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिया जस्ता क्षेत्रमा यो साता शुभ रहको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साताको शुरु र अन्त्यको समय राम्रो रहेकोले आफ्नै मिहेनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङ्कन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बुधवार र बिहीवारको समय मध्यम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाँड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेको छ ध्यान दिनुहोला । कवि, दार्शनिक, लेखक, समालोचक,विचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आँट तथा शाहस गरी लगानी बढाउन सकिनेछ । मायाँ प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्ययमबाट रुढिवादि परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रि भुमिका रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

साताको अन्त्य अर्थात शुक्रवार र शनिवारको समय मध्यम रहेकोले भौतिक सम्पत्ती तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागि साता राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मंगलवार साझसम्मको समय मध्यम रहेकोले ढिला सुस्ति तथा मनमा अशान्तिले दैनिक कामहरु प्रभावित हुनेछन् । अध्ययनको लागि समय प्रतिकुल रहेको छ भने प्राप्ताङ्क आफूतिर ल्याउन निकै मिहेनत गर्नु पर्नेछ । पुर्ख्यौली सम्पत्ती तथा भौतिक सम्पत्तीमा विवाद हुन सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।

मंगलवार साँझबाट पारिवारिक माहोलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यतित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तिव्र गतिमा अगाढी बढाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । न्याधिस, ईन्जिनियर, डाईरेक्टर, सञ्चालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ व्यवस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैंक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाँडै सफलता प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक माहोलमा समय बित्ने हुनाले दिन रमाईलो तथा उल्लासमय बित्नेछ । महंगो तथा बिलाशि वस्तुको प्रयोग गर्न पाईने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी ईज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

आईतवार दिउँसोबाट मंगलवार साँझसम्मको समय मध्यम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भू उपग्रह,भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा लाग्नेहरुका लागि साता उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । बुधवार र बिहीवारको समय मध्यम रहेकोले लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो रहेको छ ।

पढाई लेखाईमा अली वढी मिहेनतको खाचो पर्ने देखिन्छ । तर पनि इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा सफल मानिन्छन् । लेखन, साहित्य,कविता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य विद्या,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?