साउदीका सेना प्रमुखसहित उच्च सैन्य कमाण्डरहरु बर्खास्त

रियाद, १५ फागुन । साउदी अरबका सेना प्रमुखसहित उच्च सैनिक अधिकारीहरुलाई बर्खास्त गरिएको छ साउदी अरबले मध्य रातमा गरेका शाही निर्णयअन्तर्गत राजा सलमानले हवाई फौज र रक्षा बलका प्रमुखसहित उच्च सैन्य कमाण्डरहरूलाई हटाएका हुन् यमनमा युद्ध शुरू भएको तेस्रो वर्षको अन्त्य हुन लाग्दा साउदीले सेना प्रमुखसहित सैन्य अधिकारीलाई बर्खास्त गरेको घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ । साउदी सेनाले यमनमा विद्रोहीविरुद्ध युद्ध लडिरहेको छ साउदी अरबमा हालै भएका यस्ता निर्णयहरूको पछाडि रक्षामन्त्रीसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानको हात रहेको अनुमान गरिएको छ गत वर्ष शक्तिको दुरूपयोग गरेको र भ्रष्टाचार गरेको आरोपमा मन्त्रीहरू, राजकुमारहरू र अर्बपतिहरू लगायत दर्जनौं प्रभावशाली व्यक्तिहरूलाई रियादस्थित पाँच तारे होटलमा नियन्त्रणमा राखिएको थियो सेना प्रमुख जनरल अब्दुल रहमान बिन सालेह अल–बुन्यनलाई समेत हटाइएको छ । बर्खास्त गरिएका थुप्रै सैन्य अधिकारीहरूको ठाउँमा अन्यलाई नियुक्त गर्न अघि सारिसकिएको छ शाही निर्णय अन्तर्गत थुप्रै राजनीतिक नियुक्तिको घोषणाहरू पनि भएका छन् । सोही अनुसार श्रम तथा समाज विकास मन्त्रालयमा उपमन्त्रीमा एक महिला नियुक्त भएकी छन् । साउदीमा महिला विरलैमात्र राजनीतिक नियुक्तिमा पर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?