पूर्वी गुटामा दैनिक पाँच घण्टा गोलाबारी बन्द : पुटिन

मस्को, १५ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवारदेखि सिरियाको पूर्वी गुटामा दैनिक पाँच घण्टा हवाई हमला बन्द हुने बताएका छन् राजधानी दमास्कस नजिकै विद्रोहीहरुको नियन्त्रणमा रहेको सो इलाकामा एक साताभन्दा लामो समयदेखि जारी सैनिक कारबाहीका क्रममा करिब ४ लाख सर्वसाधारण चपेटामा परेका छन् सिरियाली सैनिकले सो इलाकालाई पुनः नियन्त्रणमा लिनका लागि विद्रोहीविरुद्ध जारी राखेको हमलाका क्रममा सयौं सर्वसाधारण मारिएका छन् । हालसम्म सरकारी सेनाको आक्रमणमा परी ५ सय ६० भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको जनाइएको छ रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले हमलामा ‘मानवीय रोक’ स्थानीय समय अनुसार बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म रहनेछ । राष्ट्रसंघ सुरक्षा परिषद्ले शनिबार देशभर ३० दिने युद्धविराम गर्ने प्रस्ताव पारित गरेको थियो । तर युद्धविराम सुरु हुने मिति उल्लेख गरिएको थिएन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युद्धले निम्त्याएको नर्कजस्तो स्थिति अन्त्य गर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?