काठमाडौं । बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको बारेमा बिहार पुलिसका डिजीपी गुप्तेश्वर पाण्डेले एक्ट्रेस तथा सुशान्तकी प्रेमीका रिया चक्रवर्तीलाई चेतावनी दिएका छन् ।
पछिल्लो समयमा सुशान्तको आत्महत्याबारे अनुसन्धान बढ्दै गएपछि उनी फरार छिन् । डीजीपि पाण्डेले यदि रिया यसमा संलग्न रहेको पाइएमा संसकार जुन कुनै कुनामा गएर लुके पनि जमीन खनेर निकाल्ने भन्दै चेतावनी दिएका हुन् ।
रिया प्राथमिकी आरोपी भएकोले पटना पुलिस अहिले उनको खोजी गरिरहेको छ । डिजीपी पाण्डेले यदि रिया दोषी छैनन् भने लुक्न आवश्यक नरहेको र पुलिसलाई यस बारेमा अनुसन्धान गर्न सहयोग गर्न सक्ने पनि बताएका छन् ।
एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उनले भने, यदि रिया दोषी छैनन् भने, उनी लक्न आवश्यक छैन, पुलिसलाई अनुसन्धानमा सहयोग गर्न सक्छिन् ।
रिया माथि सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप छ । अभिनेता सुशान्तले गत जून १४ को राती बान्द्रास्थित घरमै झुढिडएर आत्महत्या गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया