- अर्घेलो थापा
कवि भूपी शेरचनको एउटा कवितांश छःयो हल्लै हल्लाको देश होकानमा इयरफोन लगाउनुपर्ने बहिराहरुजहाँ संगीत प्रतियोगितका जज हुन्छन्र जहाँ आत्मामा पत्थर परेकाहरूकाव्यका निर्णायक मानिन्छन्काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्भूपिले भनेजस्तै हल्लाको असर संगीतमा पनि परेको छ यतिबेला । हल्लै हल्लामा गीत हिट हुन पनि सक्छन्, फ्लप पनि हुन्छन् । अझ अहिलेको भाषा सापटी लिएर भन्ने हो भने जस्ता गीत पनि हल्लाको भरमा ‘भाइरल’ बनिदिन्छन् नेपालमा गीत संगीत मात्र हैन, समग्र कलाकारिताको ट्रेन्ड नै यसरी बिस्तार हुँदै गएको छ । दिनदिनै एकपछि अर्को गर्दै नयाँ गीत गाइन्छन् र सार्वजनिक गरिन्छन् । गीत संगीतको बाक्लो भीडमा केही राम्रा भनिएका गीत पनि पर्छन्, झुर लाग्ने गीतले पनि बजार पिट्छन् ती गीत कति लामो समयसम्म दर्शकले सुन्छन् भन्ने अर्को प्रश्न रह्यो
संगीतमा को हिट र को फ्लप भन्न सकिने अवस्था पनि छैन । किनकि, एक हप्ता कुनै गायक हिट भयो भने अर्को महिना अर्काको हिट हुने पालो आइसकेको हुन्छ ।
पछिल्लो समयको नेपाली गीती बजारलाई हेर्ने हो भने त्यसरी ‘विज्ञापन’ गरेर ल्याइएका गीत नै बजारमा चर्चित छन् । ती गीतले दर्शकको मन छोलान् या नछोलान् तर हिट बनाइन्छन् । य्ट्युबमा धेरै हेरिएका गीत बनेर नयाँ रेकर्ड राख्छन् सामाजिक सञ्जालमार्फत विज्ञापन गरेरै केही स्वघोषित गायकले अहिलेको सांगीतिक बजारको प्रतिनिधित्व गरेको एकथरी संगीतकर्मी बताउँछन् ।तर, संगीतमा को हिट र को फ्लप भन्न सकिने अवस्था पनि छैन । किनकि, एक हप्ता कुनै गायक हिट भयो भने अर्को महिना अर्काको हिट हुने पालो आइसकेको हुन्छ फेरि अर्कातिर नेपाली गीत संगीतमा ‘विज्ञापन’ नगरी नहुने अवस्था समेत आएको हो कि भन्ने भान हुन्छ । यहाँ चर्चित र नाम चलेका कलाकारले पनि आफ्ना गीतको विज्ञापन गरेका हुन्छन् चाहे ती गीत चर्चित कलाकार मानिने फिल्मका हस्ती होऊन्, चाहे रियालिटी शो ‘नेपाल आइडल’ का सहभागी होऊन् । सबैलाई गीत बुस्ट गर्नुपर्ने अवस्था सृजना भएको छ पुराना अजरअमर गीतका स्रष्टा रत्न समशेर थापा अहिलेको संगीत बजारसँग आफै अलमलमा परेको बताउँछन् । अहिलेको समयका स्रोताको स्वाद पहिलेका भन्दा फरक त होला । तर, अहिलेका कतिपय गीतमा माने (अर्थ) नै नभएको बताउँछन् । ‘अहिले त युट्युबमा यति करोड हेरियो भनेर समाचार आइरहन्छन्, त्यो पनि होला, तर बजारमा आउने धेरै गीत माने पनि नभएका हुन्छन्’, थापा भन्छन्, ‘पहिले गीतमा गम्भीरता हुन्थ्यो, स्रोताले पनि चिन्तन मनन गरेर गीत सुन्ने गर्थे ।’उनको बुझाइमा अहिलेका गीत भूपि शेरचनको ‘यौ हल्लै हल्लाको देश हो’ जस्ता छन् । हल्लाकै भरमा गीत बज्छन् । विज्ञापनमा आएका गीत नै अगाडि हुन्छन् । तिनैमा समाचार बन्छन् तर अहिलेका गीतको बजार क्षणिक भएको थापा बताउँछन् । यस्ता गीत केही समयका लागि पङ्क्तिमा आएपनि केही समयपछि भने यस्ता गीत खोज्दा पनि नाम निशाना नभेटिने गरी हराउने थापाले दाबी गर्छन् । ‘सत्य कुरा बोल्यो भने, आफू अगाडि बढ्न नसकेर यसो भन्यो भन्ने हुन्छ, सत्य तीतो नै हुन्छ, यही कुरा पाठकलाई पनि मन नपर्न सक्छ’, थापा अगाडि भन्छन्, ‘यस्ता गीत अब धेरै समय रहँदैनन्, गीतमा टर्निङ प्वाइन्ट आउँछ नै ।’
पहिले मिडियाबाट स्तरीय गीत प्रसारण हुन्थे र त्यसैका आधारमा स्रोताले गीतको आफ्नै धारणा बनाउँथे तर अहिले भने विज्ञापन गर्दा जुन गीत अगाडि आयो, तिनै गीतलाई दर्शकले स्वीकार्दै आइरहेका छन् । गीत मात्र होइन, अहिले त जनताले नरुचाएका कलाकार, गायक जसलाई पनि आफै उत्कृष्ट भनिदिने चलन छ ।
त्यस्तै संगीतकार सुरेश अधिकारीको धारणा पनि लगभग उस्तै छ । जसले पनि अहिले त्यसरी प्रोमोट (विज्ञापन) गरिएका गीत हेर्न वाध्य छन् । यसको कारण नेपालमा मिडियालाई नियन्त्रणमा लिन सक्ने कुनै निकाय नहुनु कमजोरी भएको अधिकारी बताउँछन् ।पहिले मिडियाबाट स्तरीय गीत प्रसारण हुन्थे र त्यसैका आधारमा स्रोताले गीतको आफ्नै धारणा बनाउँथे तर अहिले भने विज्ञापन गर्दा जुन गीत अगाडि आयो, तिनै गीतलाई दर्शकले स्वीकार्दै आइरहेका छन् । गीत मात्र होइन, अहिले त जनताले नरुचाएका कलाकार, गायक जसलाई पनि आफै उत्कृष्ट भनिदिने चलन छ ‘जनताले नरुचाए पनि राम्रो गायक, राम्रो कलाकार, राम्रो प्रचार गरिदिने प्रवृत्ति बढ्यो, यसले गर्दा समस्या देखियो’, सुरेश थप्छन्, ‘युट्युबको सङ्ख्याका आधारमा हिट बनाइन्छ, तर धेरैलाई पैसा तिरेर हिट बनाइएको हो भन्ने थाहा हुँदैन, गीत हिट नै रहेछ क्यारे भन्ने सोच्नुहुन्छ ।’यस्तो प्रवृत्तिलाई ठूलै विकृतिका रुपमा औंल्याएका छन् उनले । विश्वभर नै प्रजातन्त्रका नाममा स्वतन्त्रता खोजिँदै गर्दा विकृति पनि उत्तिकै फैलिएको उनी बताउँछन् । ‘सामाजिक सञ्जालले अहिले त संगीतमा मात्र असर पारेको छ, भोलि यस्तै खुला रह्यो भने युद्ध नै निम्त्याउन सक्ने अवस्था पनि ल्याउन सक्छ’, ‘कुनै न कुनै तरिकाले यसको नियन्त्रण हुनुपर्छ ।’जस्ता पायो त्यस्तै गीत गाइने र विज्ञापन गरेर अगाडि ल्याइनुले धेरै कलाकार ओझेलमा परेको उनी बताउँछन्अर्का वरिष्ठ गायक प्रेमध्वज प्रधानले नेपाली मौलिक गीत हराउँदै गएको बताउँछन् । अहिले सौखिन गायक धेरै भएपनि अभ्यास गरेर गीत गाउने ‘राम्रा’ गायक कम भएको प्रधान बताउँछन् । नेपाली स्रोताले राम्रा गीत सुन्न नपाएको समेत उनी बताउँछन् । ‘अहिले पैसा हुने गायक अगाडि आउने अवस्था पनि छ, कतिपयले पैसा तिरेर आफ्ना गीत अगाडि ल्याएका छन्’, उनी भन्छन्, ‘लाखौंले गाउँछन्, तर स्तरीय गाउँदैनन्, क्यासेटको विक्री हुन छोडेपछि अहिले पहिलेका राम्रा गायक त विदेश भासिनु परेको छ ।’अहिले पनि राम्रा स्रष्टा भएपनि ती स्रष्टा अगाडि आउन नसकेको प्रधान बताउँछन् त्यसो त पैसा खर्च गरेर विज्ञापन गर्नु र गीतलाई दर्शकमाझ ल्याउनुलाई सामान्य रुपमा पनि लिइएको छ । तर यसरी विज्ञापनकै भरमा गीतलाई हिट बनाउन खोजिँदा र युट्युबलाई नै आधार मान्दा राम्रा गीत ओझेलमा परेको धेरैको गुनासो छ यस्तो प्रवृत्ति गीतमा मात्र होइन, फिल्मको प्रचारमा पनि उत्तिकै मौलाउँदै गएको छ । चलचित्रका गीत रिलिज गरिएपछि जुन गीतलाई सामाजिक सञ्जालमा ‘बूस्ट’ गरियो, ती गीत हिट भएजस्तो देखिने र तिनै गीतलाई दर्शकले रुचाएजस्तो पनि हुने तर केही समयपछि ती गीत हराउने । भलै तिनै गीतको भीडमा केही गीत भने दर्शकले साँच्चिकै रुचाएका छन् यसरी गीतमा देखिएको विज्ञापन र दर्शकलाई जबरजस्ती सुनाइनुले गीत केही महिना हिट भएजस्तो भएपनि दीर्घकालीन रुपमा भने यसले खासै प्रभाव नपार्ने कतिपयको भनाइ छ संगीतकार आलोक श्री भन्छन्, ‘फेसबूकमा विज्ञापन गरेर गीतलाई चर्चामा ल्याइन्छ, यसले वास्तविक कलाकारलाई ओझेलमा पार्छ, संगीतमा स्वच्छ प्रतिस्पर्धा भएको छैन ।’ संगितमा सम्भावना देखेर र खोजेर लाग्नेहरुले पनि अब पहिलेको तुलनामा झनै लगानी गर्नुपर्ने देखिन्छ । किनकी बुष्ट विना उसको संगित ओझेममा पर्दापर्दै मर्ने खतरा उत्तिकै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया