काठमाडौं । अब दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । साउन १९ गते सोमबार कम्पनी रजिष्ट्रारको कार्यालयले एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएसँगै पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।
कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ । त्यसै अनुसार एनसेल प्रालि अब एनसेल आजियटा लिमिटेडमा रुपान्तरण भएको हो ।
कम्पनी ऐन अनुसार पाँच करोड रुपैयाँ भन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने व्यवस्था छ । भने एनसेलको चुक्ता पूँजी १० करोड रुपैयाँ छ ।
पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै अब एनसेलले सर्वसाधारणलाई शेयर बिक्री गर्नु पर्ने हुन्छ । कम्पनीले बढीमा २० प्रतिशतसम्म शेयर सर्वसाधारणमा बिक्री गर्न सक्नेछ ।
स्रोतका अनुसार एनसेलको ८० प्रतिशत शेयर हाल एजियटा र बाँकी २० प्रतिशत शेयर स्थानीय साझेदार भावना सींह श्रेष्ठसँग रहेको छ ।
एनसेलले आर्थिक वर्ष २०७६र७७ को सबैभन्दा ठूलो करदाता कम्पनी पनि हो । एनसेलले आयकर वापत मात्रै सरकारलाई ३३ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेको छ।
एनसेलले अघिल्लो आर्थिक वर्ष लाभकर वापत भुक्तानी गरेको २२ अर्ब रुपैयाँ तथा लाभकरबाहेक ११ अर्ब रुपैयाँभन्दा बढी आयकर बुझाएको थियो ।
त्यतिमात्र नभएर गत आर्थिक वर्षमा तीन अर्ब २१ करोड रुपैयाँ भ्याट भुक्तानी गरेको छ। आर्थिक वर्ष २०७६र७७ मा एनसेलले आयकर र भ्याट दुवै जोडेर सरकारलाई ३७ अर्ब १६ करोड रुपैयाँ कर तिरेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया