वासिंगटन, १६ फागुन । उत्तर कोरियाले रासायनिक अस्त्र निर्माणमा प्रयोग हुन सक्ने सामानहरू सिरियालाई दिएको अमेरिकी सञ्चारमाध्यले आरोप लगाएका छन् संयुक्त राष्ट्रसंघका विज्ञहरूले निकालेका नतिजाहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उत्तर कोरियाले अम्ल–प्रतिरोधी टायल, भल्स र पाइपहरू सिरियालाई पठाएको दाबी गरेका हुन् न्यूयोर्क टाइम्सले राष्ट्रसंघको सार्वजनिक भइनसकेको प्रतिवेदनमा प्योङयाङका क्षेप्यास्त्र विशेषज्ञहरू सिरियाली अस्त्र निर्माण कारखानाहरूमा देखिएको उल्लेख गरिएको जनाएको छ सिरियाली फौजले क्लोरिन ग्यास प्रयोग गरिरहेको नयाँ रिपोर्ट आएपछि अमेरिकी सञ्चारमाध्यले पछिल्लो खबर सार्वजनिक गरेका हुन् । सिरियाली सरकारले क्लोरिन ग्यास प्रयोग गरिएको भन्ने कुरा अस्वीकार गर्दै आएको छ आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अमेरिकी र सुरक्षा परिषदको नाकाबन्दी जारी रहेका बेला आएको पछिल्लो दाबीलाई उत्तर कोरियामाथि थप दबाब बनाउने रणनीतिका रुपमा समेत हेरिएको छ एउटा चिनियाँ कम्पनीमार्फत सन् २०१६ को अन्त्य र २०१७ को शुरूतिर पाँच पटकमा ती सामग्रीहरू सिरिया लगिएको द वाल स्ट्रीट जर्नलले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया