वासिंगटन, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाई जारेड कुश्नर ह्वाईट हाउसमा घटुवामा परेका छन् । उनलाई ह्वाइट हाउसका गोप्य कागजातहरूको पहुँचमा घटुवा गरिएको हो ट्रम्पका उच्च सल्लाहकार रहेका कुश्नरले उच्चस्तरको सुरक्षासम्बन्धी रिपोर्ट पाउने गरेका थिए गोप्य कागजातहरूमा पहुँचका लागि स्थायी अनुमति नपाएका जारेड कुश्नर र ह्वाइट हाउसका अन्य सहयोगीहरूले अब उच्चस्तरका सुरक्षा रिपोर्ट पाउने छैनन् ट्रम्पकी छोरी इभान्कासँग बिहे गरेका कुश्नर राष्ट्रपतिलाई गराइने दैनिक गुप्तचर जानकारीको पुहुँचमा थिए । कुश्नरका वकिलले पोलिटिको म्याग्जिनलाई पछिल्लो निर्णयबारे जानकारी गराएका हुन् कुश्नरका वकिल एबी लोवेललाई उद्धृत गर्दै पोलिटिकोले पछिल्लो निर्णयका कारण राष्ट्रपतिले अह्राएका महत्वपूर्ण कामहरूलाई जारी राख्न कुश्नरमाथि कुनै असर नपर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया