विद्यालयलाई कम्प्युटर प्रदान

तेह्रथुम, १६ फागुन – फदाप गाउँपालिका–१, सिम्लेका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन विद्यालयको संस्थापक सदस्यसमेत रहेका फेदाप गाउँपालिका–१, सिम्लेका लक्ष्मीसुन्दर निङ्लेकुले आमा जोगमायाको स्मृतिमा ‘आमा पुस्तकालय’ स्थापना गर्नुका साथै विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेका छन उनले विद्यालयलाई नगद रु ५० हजारसमेत सहयोग गरेका छन । विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पु¥याउने उद्देश्यले निङ्लेकुले पुस्तक खरिद गरी पुस्तकालय स्थापना गरिदिएका हुन । निङ्लेकुले बुबा कृषिप्रसाद र आमा जोगमायाको स्मृतिमा विद्यालयलाई सहयोग गरेको बताए प्रधानाध्यापक कृष्णबहादुर थापाले चाँडै नै कम्प्युटर शिक्षक नियुक्ति गरी कम्प्युटर कक्षा सञ्चालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?