प्रदेश ३ महिला हिंसामुक्त हुन्छः सभामुख श्रेष्ठ

हेटाँंैडा, १६ फागुन – प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं. ३ लाई महिला हिंसामुक्त बनाउन पहल गर्ने बताउनुभएको छ । आज माइती नेपालको २५ औँ स्थापना दिवसको अवसरमा गरिएको मेची–महाकाली यात्राको समापन कार्यक्रममा उहाँले मानव बेचविखनको तथ्याङ्कअनुसार अति जोखिममा रहेको जिल्लाहरू पर्ने यस प्रदेशमा महिलामाथि हुने सबैखाले हिंसा अन्त्य गर्दै मानव बेचविखन शून्यमा पु¥याउन लागिपर्ने बताउनुभयो । माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले मानव वेचविखनको स्वरुप परिवर्तन भएकाले अझै जटिलता थपिएको बताउनुभयो । माइती नेपालले स्थापनाको २५ वर्षमा ३६ हजारभन्दा बढी बेचबिखनमा परेका महिलाको उद्धार गरिसकेको सो अवसरमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?