वीरगञ्जमा धागो व्यापारीमाथि गोली प्रहार

वीरगञ्ज, १७ फागुन । बुधबार वीरगन्जमा अज्ञात हतियारधारीले चलाएको गाली लागी एक युवक गम्भीर घाइते भएका छन् जिल्ला प्रहरी कार्यालय भन्दा करिब ५० मिटर पश्चिममा रहेको रातोबंगला अगाडि राति ९ः३० बजे हतियारधारीले चलाएको गाली लागी वीरगञ्ज महानगरपालिका १३ रानीघाट निवासी ३२ वर्षीय उमेश प्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् गाली लागेर गम्भीर घाइते चौरसियाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहे पनि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् घाइते चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव हुनाका साथै रक्तचापसमेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको चिकित्सकको भनाइ छ चौरसियामाथि गोली प्रहार गर्नेकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गर्न वीरगञ्जसँग सिमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई तीव्र पारिनुका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए चौरसिया धागोको व्यापार गर्ने व्यापारी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?