पुनर्वास हत्याकाण्डका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

कञ्चनपुर, १७ फागुन । विगत लामो समयदेखि कञ्चनपुरको पुनर्वासमा हत्याकाण्ड मच्चाउँदै आएका अभियुक्त पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले हत्याकाण्डको दाषी रामलाल रानालाई पक्राउ गरि हिजो सार्वजनिक गरेको हो प्रहरीले पुर्नवास नगरपालिका–११ टाउके बजारमा कुटी बनाएर बस्दै आएका वर्ष ६६ का अभियुक्त रानालाई कञ्चनपुर र कैलाली सिमाक्षेत्रबाट पक्राउ गरेको हो प्रहरीका अनुसारकञ्चनपुर पुर्नवास वडा नं.११ भीम बस्ती बस्ने वर्ष ६४ कि पानमती धामी खाना खाएर बाख्रा चराउन भनी नजिकै रहेको लालझाडी बनमा गएकी थिइन् । साँझ बाख्राहरु घरमा आएको तर निज पानमती धामी घरमा नआएकी हुदाँ आफन्तले खोजि गरेको तर नभेटाएपछी घर फकिएका थिए । अर्को दिन बिहान ६ बजेको समय देखी प्रहरी र गाँउका अन्य मानिसको संयुक्त खोजि गर्दै गर्दा विहान करिब ७ बजे सोही जंगलभित्र करिब २ किमि टाढा धारिलो हतियारले प्रहार गरी छिया–छिया भएको अवस्थामा शव फेला परेको थियो उक्त शव वरपर हेर्दै जाँदा केही पर रगतको दाग देखिएकोले निजको घट्नास्थल अन्तै हुन सक्ने अशङ्का गरिएको थियो प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त शव फेला परेको ठाउँ भन्दा करिब १.५ किमि पश्चिम साना झाडीमा मृतकको सल फेला परेको र सो भन्दा केही पर मृतकको चप्पल फेला परेको थियो उक्त चप्पल फेला परेको ठाउँबाट करिब २० मि.पश्चिममा रगतको आहाल भेटिएको थियो अनुसन्धान सुक्ष्म ढङगबाट गर्दै जाँदा मृतकको बाया कानको मुन्द्रा, सेतो धागो सहितको टाँक र १० मिटर टाढा दाउराको भारी समेत भेटिएको थियो त्यस्तै घट्नामा संलग्न व्यक्तिको पहिचान भने हुन सकेन । तत्पश्चात घट्ना अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरिक्षक हिरेन्द्र बहादुर रोकायाको कमाण्डमा टोली खटाएर उक्त घट्नाको अनुसन्धान गर्दै जादाँ मृतकलाई सुरुमा प्रहार गरेको स्थान भन्दा ५० मिटर पूर्वतर्फ पाईएको रातो बुट्टेदार पुरानो कपडाको टालोले बनेको पोको फेला पारी उक्त टालो भित्र के छ भनि खोली हेर्दा पासपोर्ट साईजको फोटो ३ थान र ७० रुपैयाँ फेला परेको थियो प्रहरीले प्राप्त गरेको उक्त फोटोमा भएको व्यक्ति पहिचानको लागी व्यापक रुपमा सोधखोज गर्दा निज व्यक्ति जिल्ला कञ्चनपुर, बेलौरी रिछाहा स्थाई घर भई हाल पुनर्वास नगरपालिका वडा नं–११ डोकेबजार नजिक कुटी बनाएर बस्ने गरेको बाबा हो भनि पत्ता लागेको थियो । उनलाई नियन्त्रणमा लिई सोधपुछ थालनी गरेको हो अभियुक्त रामलाल रानाले प्रहरी सामु दिएको बयान घटना भएको दिन बिहान आफु माग्न कुटीबाट निस्किेको र माग्दै जाने क्रममा नौरङगा भन्ने स्थानमा पुग्दा सो ठाउँमा नाम थाहा नभएका चौधरी समुदायका व्यक्तिहरु जांँड खाईरहेको र आफुलाई पनि निजहरुले खान दिएको खाईसके पश्चात नशाको सुरमा जंगलको बाटो हुँदै कुटी तर्फ जाने क्रममा बिच जंगलमा दाउरा बोकी बाख्रा चराउदै हिडीरहेकी वृद्धा महिलालाई बाटोको बारेमा सोध्दा विवाद भयो सामान्य विवाद हुँदा मेरो शरीरमा हात हाले पछी मलाई रिस उठी निजलाई सुरुमा काठको लट्ठीले हाने, त्यसपछी आफ्नो साथमा रहेको हसियाले निजको टाउको तथा शरीरका अन्य भागमा समेत प्रहार गरेको हुँ । घटना पश्चात निज सोही ठाउँमा ढलेकी र आफू त्यहाँबाट हडबडाउदै लुकिछिपि गर्दै आफ्नो कुटीमा रातको समयमा पुगेको हुँ हत्याकाण्डका दोषीले यस घटनाको जिम्मेवारी लिए सँगै गत साउन २९ गते पुनर्वास–११ भिमवस्ती स्थित सिद्धदेवी मन्दिर परिसरको धर्मशालामा माता धर्मा मल्लको हत्यामा पनि अभियुक्त रामलाल रानाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ पुनर्वासमा भईरहेको शृङ्खलाबद्ध हत्याकाण्डको रहस्यको पर्दा उठाउन कञ्चनपुर प्रहरीले सफलता प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?