नेपाल एसियाकै खराब सडक भएको देश, सडकमा सिंगापुगर उत्कृष्ट

काठमाडौं, १७ फागुन । नेपाल एसियाकै सबैभन्दा खराब सडक भएको राष्ट्रमा परेको छ । वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको एसियाली देशका सडकहरुको अवस्थाबारेको सर्वेक्षणमा नेपाल सबैभन्दा पुछारमा रहेको छ सिंगापुरको सडकलाई भने एसियाकै उत्कृष्ट सडकको सूचीको पहिलो नम्बरमा राखिएको छ आर्थिक स्रोतको कमी र पहाडी भूबनोटका कारण नेपालका सडकको अवस्था खराब देखिएको रिपोर्टमा उल्लेख गरिएको छ सबैभन्दा उत्कृष्ट सडक रहेका देशको सूचीको पहिलो नम्बरमा सिंगापुर रहेको छ भने जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया पाँचौं स्थानमा परेका छन् यसैगरी राम्रा सडक भएको देशहरुको सूचीको पहिलो नम्बरमा चीन रहेको छ । त्यसपछि क्रमशः ब्रुनाई, श्रीलंका, भारत, थाइल्याण्ड र पाकिस्तान रहेका छन् सबैभन्दा खराब देशमा भने नेपालसहित बंगलादेश, मंगोलिया, फिलिपिन्स, कोलम्बिया, लाओस, भियतनाम र भुटान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?