गर्भवतीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव

सप्तरी, १७ फागुन । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गर्भवतीको मृत्युपछि तनाव उत्पन्न भएको छ प्रसुती गराउन अस्पताल भर्ना भएकी सप्तरी बिष्णुपुर गाउँपालिका–१, पर्साहीकी अनिता यादवको मृत्यु भएपछि तनाव भएको हो गत फागुन १५ गत अस्पताल भर्ना भएकी २४ बर्षीया यादवलाई बुधबारराति व्यथा शुरु भएको थियो । तर, स्वास्थ्यकर्मी र चिकित्सक नआउँदा अनिताको मृत्यु भएको उनका पति रमेश यादवको दाबी छ अस्पतालमा विरामीको मृत्यु भएपछि परिवारजन र आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् । तनावपछि मृतका परिवार, अस्पताल प्रशासन र सुरक्षा निकायका अधिकारीको संयुक्त बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?