रियो द जेनेरियो, १७ फागुन । ब्रजिलको सर्वोच्च अदालतले अमाजोनस्थित घना जंगलको संरक्षण गर्ने कानूनमा गरिएका व्यापक परिवर्तनहरूलाई अनुमोदन गरेको छ ब्राजिलको संसद्ले पाँच वर्षअघि सो कानून अनुमोदन गरेको भएपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन त्यसमा विगतमा गैरकानूनी रूपमा विश्वको सबैभन्दा ठूलो वन क्षेत्रमा सन् २००८ सम्म गरी झण्डै दुई दशकसम्म गरिएको जंगल फडानीमा सजाय पाएका व्यक्तिहरूलाई आममाफी दिने व्यवस्था राखिएको थियो सर्वोच्च अदालतको यो फैसलाले वातावरणविद्हरूलाई भने निराश बनाएको छ । उनीहरुले सो परिमार्जित कानूनले गैरकानूनी वन फडानीलाई वैधता दिने बताएका छन् ब्राजिलको सबैभन्दा शक्तिशाली कृषि वकालतकर्ता समूहले भने अदालतको निर्णयको स्वागत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया