वैज्ञानिकले खोजे १४ खुट्टा भएको दुर्लभ साङ्लो !

काठमाडौं । विश्वमा अनौठा जीवजन्तुहरु पाइन्छन् । हामीले पनि कति त देखेका नै छौँ ।

यसैबीच वैज्ञानिकहरुले पनि यस्तै एक १४ वटा खुट्टा भएको साङ्लो फेला पारेका छन् । गहिरो समुन्द्रमा बस्ने त्यस प्रकारको साङ्लोले सबैलाई हैरान बनाएको छ ।

यसको लम्बाई डेढ फिट रहेको छ । यसको खोज सन् २०१८ मा हिन्द महासागरमा भएको थियो ।

वैज्ञानिकहरुले यस दुर्लभ प्रजातीको साङ्लोलाई महासागरको जावा पश्चिम क्षेत्रमा खोजेका थिए । यो काम ३१ वैज्ञानिकहरुले मिलेर गरेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?