NULL

-प्रज्वल अधिकारीकुनै दिन -म यस्तो कविता लेख्नेछुजुन कविताचराहरूले बुझ्नेछन, जनावरहरूले बुझ्नेछनप्रकृतिले बुझ्नेछ रतोडिदिनेछन नाता मान्छेसँगत्यो दिन -मान्छेको बिरुद्द हुनेछ प्रकृतिचराहरूले ठुँङ्नेछन मान्छेको शिरजनावरहरू आ- आफ्नादार्हा, नँङ्ग्रा जे जे छन लिएर आउनेछन रमान्छेको विरासतमाथि आतँक मच्चाउनेछनत्यो दिन -निस्कनेछन सर्पहरू प्वालबाट बाहिर रबस्नेछन घरका धुरीहरूमामाछाहरूले सागरमुनीबाट सुरु गर्नेछन क्रान्ति र,पल्टाइदिनेछन अहमको पानीजहाजत्यो दिन -बुझ्नेछ प्रकृतिले आफ्नो सोझो शत्रु र,हल्लाईदिनेछ मान्छेको साम्राज्यघाम उम्लेर एकैचोटि पोखिनेछफुट्नेछन ज्वालामुखीहरूपर्नेछ चट्याङ रहुनेछन मान्छेहरू शरण बिहिन !म मान्छे भएरमेरै बिरुद्दमा लेखेको कविताजब हावाले बुझ्नेछआँधी भएर पस्नेछ सेता घरहरूमाजब पानीले बुझ्नेछआतंककारी बनेर घुस्नेछबम बारुद बन्दै गरेका फ्याक्ट्रीमा रच्वाईय्यँ बनाएर निभाईदिनेछ शक्तिको जोश !म आह्वान गर्नेछु जूनलाईयति सुन्दर बनेर उदाईदिनु त्यो दिनकि सागरले आफ्नो छातीमा टाँसेर मानव जगतउत्तानो पारिदिओसमलाई थाह छ -चुल्होमा हुन्जेल हो आगो शान्त रहने !मान्छे मारेर रमाउने मान्छेहरू हो !त्यो दिन मान्छेले मान्छे मार्नेछैनन त मान्छे जोगाउन मान्छे आउनेछबेसाहारा बनेर मान्छे मात्रै मर्ने मन गर्नेछ !ओ मान्छेहरू !कुनै बाँच्ने उपाय नसोच्नुर बिज्ञानलाई मजदुर पनि नबनाउनुत्यो दिन बाँच्न भन्दा मर्न सहज हुनेछर, धेरै दिमाग पनि नलगाउनुकि तिमीहरूलाई सिध्याउनतिमीहरूलेदिमाग नभएका भनेकाहरू आउनेछन !यस्तो कविता लेख्नेछुजुन मान्छेले पटक्कै बुझ्नेछैन किमेरो कवितामान्छे सिध्याउने घोषणापत्र हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?